Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीहरुको घरजग्गा खरिदमा कडाई गर्दै प्राधिकरण,कस्तो आउँदैछ नयाँ मापदण्ड ?

अर्थ संसार

मंगलबार, १६ पुस २०८१, ११ : ३४ मा प्रकाशित

बीमा कम्पनीहरुको घरजग्गा खरिदमा कडाई गर्दै प्राधिकरण,कस्तो आउँदैछ नयाँ मापदण्ड ?

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा खरिद-बिक्रीमा कडाइ गर्ने भएकाे छ । प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा कारोबारलाई कडाई गर्न नयाँ मापदण्डबीमकको स्थिर सम्पत्तिसम्बन्धी निर्देशन, २०८१ को मस्यौदामा नयाँ मापदण्ड निर्धारण गर्ने भएकाे हाे ।

प्राधिकरणले ‘बीमक स्थिर सम्पत्ति सम्वन्धी निर्देशन, २०८१’ को मस्यौदा तयार पारेको छ । 

कम्पनीहरुको स्थिर सम्पत्ति खरिदबिक्री, निर्माण तथा बिक्री प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मितव्ययी बनाउन सो मस्यौदा तयार गरिएको प्राधिकरणले जनाएको छ ।   मस्यौदा अनुसार अब बीमा कम्पनीहरुले घरजग्गा खरिद, निर्माण गर्न भन्दा पहिले प्राधिकरणबाट सैदान्तिक तथा अन्तिम स्वीकृति लिनुपर्नेछ । तर, घरजग्गा बाहेकका अन्य स्थिर सम्पत्ति खरिद, निर्माण गर्दा भने स्वीकृति लिन नपर्ने प्राधिकरणले जनाएको छ ।

यस्तै, घरजग्गा खरिद गर्दा प्रयोजन भने खुलाउने पर्नेछ । बीमा कम्पनीले घरजग्गा खरिद, निर्माण गर्न निवेदन पेश गर्दा कुन प्रयोजनका लागि हो त्यो स्पष्ट खुलाउनुपर्ने छ । कम्पनीहरुले कार्यालय, व्यावसायिक, कार्यालय तथा व्यावसायिक प्रयोजन खुलाउने पर्नेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको