Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

बुधबार, १७ पुस २०८१, १० : ०४ मा प्रकाशित

नेप्सेमा यी ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको सेयरमुल्य समायोजन भएको छ । 

हिजो मंगलबार नेप्सेमा लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, शिवम् सिमेन्ट्स र डिप्रोक्स लघुवित्तको सेयर मूल्य समायोजन भएको हो ।  यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत,सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५१६ प्रतिशत,साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत, शिवम् सिमेन्ट्सको ८.५५ प्रतिशत र डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । 

समायोजन पछि लक्ष्मी सनराइजको २२४ रुपैयाँ ७६ पैसा, सांग्रिलाको ३७२ रुपैयाँ ४० पैसा,साना किसान८१४ रुपैयाँ ६५ पैसा,शिवम् सिमेन्ट्सको ५१२ रुपैयाँ २१ पैसा र डिप्रोक्स लघुवित्तको ७८५ रुपैयाँ ३९ पैसामा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमुल्य समायोजन गरेको हो।

मंगलबार मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार (आज) कारोबार हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको