Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

अर्थ संसार

बुधबार, १७ पुस २०८१, १४ : ०३ मा प्रकाशित

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

कुमारी बैंक लिमिटेडले 'कुमारी परिवार सुरक्षा बचत खाता' योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो ।

यस खाता अन्तर्गत कुमारी बैंकले खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको  जनाएको छ। कुमारी बैंकले विगत पाँच वर्षदेखि 'कुमारी परिवार सुरक्षा बचत खाता' योजना मार्फत बिमा सहितका सुविधा प्रदान गर्दै आएको छ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको