Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, ११ : १२ मा प्रकाशित

कुमारी बैंकको ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी यी सेयर बिक्रीमा राखेको हो।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।   

तोकिएको सयमसीमा भित्र बैंकका विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको