Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १२ फागुन २०८१, ११ : ३२ मा प्रकाशित

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।  विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको कुमारी बैंकको ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नागपोखरीस्थित कुमारी क्यापिटलमा दिन सकिनेछ। 

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको