कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८७ हजार १२ कित्ता सेयर बिक्रिमा ल्याएको हो ।
जसमा २ लाख कित्ता सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
यस्तै, २ लाख ८७ हजार १२ कित्ता सेयरमा अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज (चैत ५ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।
सेयरमूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस