Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकका ग्राहकले क्राउन ल्याबको सेवामा आकर्षक छुट पाउने

अर्थ संसार

बुधबार, २१ फागुन २०८१, १० : ३३ मा प्रकाशित

कुमारी बैंकका ग्राहकले क्राउन ल्याबको सेवामा आकर्षक छुट पाउने

कुमारी बैंक लिमिटेड र भाटभटेनी टंगाल, काठमाण्डौ स्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिनेछ ।

यस सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशत सम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

कुमारी बैंकको देशभर ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु संचालनमा रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको