कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, मेमोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डपलर, बोन मिनेरल डेनसिटी टेस्ट, इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्मको छुट दिने सम्झौता भएको हो।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस