मुक्तिनाथ विकास बैंक लिमिटेडको कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा सञ्चालन हुने सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ।
फण्डको १० अंकित दरको १२ करोड ५० लाख इकाई (१५ प्रतिशत बिज पूँजी सहित) आज सूचीकरण भएको हो ।
यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।
एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस