जस्मिन पेन्ट्स लिमिटेडले ५ करोड बढीको साधारणसेयर (आइपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिसेयर अंकित मुल्य १ सय रुपैयाँका दरले हुन आउने ५ लाख कित्ता बराबरको ५ करोडको सेयर निष्कासन गर्ने भएको हो ।
सेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतामा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस