साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार साँझ सम्पन्न २३ औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर पारित गरेको छ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गर्नुभएको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।
संस्थामा मुलुकका ७७ जिल्लाका ५ सय ४६ स्थानीय तहमा १ हजार ६ सय ९२ साझेदार संस्था आवद्ध छन् । कूल १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस