Like us!
Follow us!
Connect us!
Watch us!

ईङवा हाइड्रोपावर लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

बुधबार, २४ पुस २०८१, १६ : २० मा प्रकाशित

ईङवा हाइड्रोपावर लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न

ईङ्वा हाइड्रोपावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। 

होेटल क्रिष्ट्रल पशुपति,गौशालामा आयोजित सभामा कम्पनीका सबै प्रस्तावमाथि छलफल गर्दै पारित गरिएको छ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को वासालत तथा नाफा नोक्सान सम्बन्धी हिसावका सम्वन्धमा छलफल गरि पारित गरेको छ ।
त्यसै गरी सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव  समेत पारित गरेको छ ।

कम्पनीले सञ्चालन गरिरहेको ९.७ मेगावाट क्षमताको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य परियोजना हो । २०८० साल आषाढ महिनामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध यस आयोजना मर्मत सम्भार गरी २०८० साल चैत्र २८ गतेवाट पाँचथर जिल्लाको हिलियाङ गाउँपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जोडी व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ ।

ईङवा हाईड्रोपावर लिमिटेडले व्यवसाय विस्तार गर्ने योजना अनुरूप कम्पनीको सञ्चालनमा रहेको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको विद्युतगृहबाट करिब ५०० मिटर डाउनस्ट्रीम तर्फ सा्ेही खोलाको पानी उपयोग गरी ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजनामा बहुमत सेयर लगानी गरी निर्माण गर्ने योजना कम्पनीको रहेको छ ।कम्पनीले विकास गरिरहेको यस आयोजनाको नेपाल सरकार विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सम्भाव्यता अध्ययन सम्पन्न गरी हाल नेपाल विद्युत प्राधिकरणसमक्ष विद्युत खरिदबिक्री सम्झौताका लागि निवेदन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको