Like us!
Follow us!
Connect us!
Watch us!

माघबाट बैंक खाता खोल्दा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य,बिशिष्ट व्यक्तिको हकमा यस्तो छ प्रावधान

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, १२ : ०० मा प्रकाशित

माघबाट बैंक खाता खोल्दा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य,बिशिष्ट व्यक्तिको हकमा यस्तो छ प्रावधान

नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्दा ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

 केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै १ माघदेखि  बैंक तथा वित्तीय संस्थालाई अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा नम्बरका आधारमा मात्रै खाता खोल्नुपर्ने व्यवस्था गरेको हो ।         

त्यस्तै, सामाजिक सुरक्षाअन्तर्गतको सरकारी भुक्तानी दिँदा सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा मात्रै खाता खोल्नुपर्ने भएको छ । यसका लागि खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान गर्नु अनिवार्य भएको निर्देशनमा भनिएको छ । 

ग्राहकको पहिचान गर्दा पनि ग्राहकको नेपाली नागरिक वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणका आधारमा गर्नुपर्ने उल्लेख छ । 

त्यसबाहेक अब बैंक तथा वित्तीय संस्थाले ग्राहकले खाता खोल्दा उपलब्ध गराएको मोबाइल नम्बर सम्बन्धित व्यक्तिको भएको वा नभएको यकिन गर्ने प्रणाली अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ । अब अरूका नाममा दर्ता भएको मोबाइल नम्बरबाट बैंकिङ कारोबारमा कडाइ हुने भएको हो । 

अब बैंक तथा वित्तीय संस्थाले उच्चपदस्थ व्यक्तिलाई पाँच प्रकारले पहिचान गर्नुपर्ने भएको छ । पदमा बहाल रहेका उच्चपदस्थ व्यक्ति, पदमा बहाल नरहेका, छिमेकी वा नजिकका विदेशी मुलुकका उच्चपदस्थ, अरू विदेशी मुलुकका र अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ व्यक्तिका रूपमा वर्गीकरण गर्नुपर्ने भएको छ । उच्चपदस्थ व्यक्तिको अभिलेख पदमुक्त भएको पाँच वर्षसम्म राख्नुपर्ने प्रावधानलाई बढाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै, उच्चपदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी वा संयन्त्रको प्रयोग गर्नुपर्ने उल्लेख छ । 

ग्राहकको पहिचान गर्दा भ्रष्टाचार, कर छली, मानव बेचबिखन एवं जोखिमयुक्त कसुर र क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी, बहुमूल्य धातु व्यवसायी, घरजग्गा व्यवसायी तथा सहकारीको खाता भएका व्यक्तिहरूको कारोबारलाई प्राथमिकताका आधारमा अनुगमन गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको