Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले अन्तर्राष्ट्रिय भुक्तानीलाई जोड्दै नयाँ डिजिटल कदम

अर्थ संसार

शनिबार, २७ पुस २०८१, २१ : ५२ मा प्रकाशित

कुमारी बैंकले अन्तर्राष्ट्रिय भुक्तानीलाई जोड्दै नयाँ डिजिटल कदम

कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ डिजिटल सेवाको शुरुआत गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको साझेदारीमा Alipay+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि NepalPay QR मार्फत भुक्तानीको सुविधा प्रस्तुत गरेको छ।

यस सहकार्यबाट Alipay+ प्रयोगकर्ताहरूले कुमारी बैंकको NepalPay QR रहेका व्यवसायहरूमा सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। Alipay+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो सेवा क्रस बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास कुमारी बैंकले व्यक्त गरेको छ।

नेपालमा उपलब्ध NepalPay QR र यसको interoperable QR मार्फत Alipay+ नेटवर्कका सदस्यहरूले अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन्। यस सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुरका पर्यटकहरूलाई नेपाल भ्रमण गर्दा स्थानीय मोबाइल वालेट मार्फत भुक्तानी गर्न सजिलो बनाउनेछ।

नेपालमा व्यापार गर्ने व्यवसायीहरूले भने १४ अन्तर्राष्ट्रिय ई-क्लेट र मोबाइल बैंकिङ एप्स जस्तै Alipay, AlipayHK, Tinaba, MPay, Touch 'n Go Wallet, MyPB, Hipay, GCash, Changi Pay, OCBC Digital, Kakao Pay, Naver Pay, Toss Pay र TrueMoney बाट भुक्तानी स्वीकार गर्न सक्नेछन्।

कुमारी बैंकले डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउन र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस्ता नवीन पहलहरूको निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

कुमारी बैंकको ३०२ शाखा सञ्जाल, ३१६ एटिएम र ५० एक्सटेन्सन काउन्टरहरूको साथमा देशभरि ग्राहकहरूलाई आधुनिक र प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ।

678298074e76c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको