Like us!
Follow us!
Connect us!
Watch us!

प्रभू बैंकको ४० प्रतिशत हकप्रद दिने, माघ ७ देखि बिक्री खुल्ला

मंगलबार, १८ पुस २०७४, ११ : ०५ मा प्रकाशित

प्रभू बैंकको ४० प्रतिशत हकप्रद दिने, माघ ७ देखि बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं – प्रभु बैंकको ४० प्रतिशत हकप्रद सेयर माघ ७ गतेदेखि लगानीकर्ताका लागि खुल्ला हुने भएको छ ।

बैंकले १०० अंकित मूल्यका दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द हुने मिति फागुन १३ गते रहेको छ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी रू पाँच अर्ब ८८ करोड १४ लाख रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी रू ८ अर्ब २३ करोड पुग्नेछ । पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक सेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको