नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा पनि राजनीतिक स्थिरता हुन नसकेको टिप्पणी गरेका छन् ।
कांग्रेस कपिलवस्तुले आयोजना गरेको भेटघाट तथा अन्तक्रिर्या कार्यक्रमलाई सम्बोधन गर्दै अहिले राजनीति तरल बन्दै गइरहेको बताए ।
उनले भने, ‘संविधान संशोधनको कुरा थियो। केही दिनअघि प्रधानमन्त्रीको अभिव्यक्ति आएको छ । अहिले उहाँको पार्टी र सरकारले सच्याउँन खोजेको छ । सरकारको प्रवक्ताले पनि त्यो आशयले बोल्नुभएको होइन भन्नुभएको छ । तर, सात बुँदे सहमतिको महत्वपूर्ण बुँदा ०८७ तिर संविधान संशोधन भन्ने कुराले अहिले पिल्लर हल्लिएको छ । त्यो पिल्लर हल्लियो भनेपछि दुई दलको सहमतिको पनि हल्लिएको छ । गठबन्धनको पिलर पनि हल्लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस