Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले बैंकहरुमा साढे २ अर्ब लगानी गर्दै,ब्याजदर प्रस्ताव गर्न आह्वान

अर्थ संसार

आइतबार, २८ पुस २०८१, १५ : ३० मा प्रकाशित

राष्ट्र बैंकले बैंकहरुमा साढे २ अर्ब लगानी गर्दै,ब्याजदर प्रस्ताव गर्न आह्वान

नेपाल राष्ट्र बैंकको करिब साढे २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपमा राख्नेछ।  

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा२ अर्ब ४ करोड रुपैयाँ,‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३८ करोड २५ लाख रुपैयाँ  र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १२ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्न लागको हो ।

आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। बैंकहरुले माघ २ गते साँझ ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको