Like us!
Follow us!
Connect us!
Watch us!

आइपीओ विवाद समाधानका गर्न नेपाल धितोपत्र बोर्डले गठन गर्यो ५ सदस्यीय समिति

अर्थ संसार

सोमबार, २९ पुस २०८१, १३ : ५० मा प्रकाशित

आइपीओ विवाद समाधानका गर्न नेपाल धितोपत्र बोर्डले गठन गर्यो ५ सदस्यीय समिति

नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आइपीओ) सम्बन्धी सम्पूर्ण विवाद समाधान गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

दर्ता, निष्काशन तथा नियमावलीलाई समसामयिक रुपमा परिमार्जन गर्ने उद्देश्यका साथ समिति गठन गरिएको बोर्डले जानकारी गराएको छ।

बोर्डका सहायक कार्यकारी निर्देशक तथा प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, आइपीओ सम्बन्धमा वर्तमान कानुनी व्यवस्थालाई समसामयिक र प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

समितिले सरोकारवालाहरूको सुझाव र सल्लाह संकलन गरी, दर्ता र निष्काशन सम्बन्धी नियमावलीलाई परिमार्जन गर्ने उपायहरूसहितको प्रतिवेदन बोर्डलाई बुझाउनेछ।

समितिले यसबारेमा विस्तृत अध्ययन गरी प्रभावकारी र दीर्घकालीन समाधानका लागि ठोस प्रस्ताव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यसले नेपालको धितोपत्र बजारलाई व्यवस्थित र पारदर्शी बनाउन मद्दत गर्ने विश्वास बोर्डले व्यक्त गरेको छ।समितिको नेतृत्व नियमन विभाग प्रमुखले गर्नेछन् भने अन्य सदस्यहरूमा बोर्डका नियमन सहित अन्य विभागका कर्मचारी समावेश छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको