Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा टिकटक बन्द

अर्थ संसार

आइतबार, ०६ माघ २०८१, १३ : ०५ मा प्रकाशित

अमेरिकामा टिकटक बन्द

अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टा अघि नै बन्द भएको छ । अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाई अहिले टिकटक प्रयोग गर्न सक्नु हुन्न’ भन्ने सन्देश देखिरहेका छन् ।

यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानूनलाई उद्धृत गरेको छ ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो। टिकटक यस प्रतिबन्धबाट बच्न सक्छ । तर त्यसको मूल कम्पनी बाइटडान्सले अमेरिकामा कसैलाई आफ्नो कम्पनी बेच्नु पर्छ । तर बाइटडान्सले टिकटक नबेच्ने कुरा पटक पटक दोहोर्याएपछी अमेरिकामा टिकटक प्रतिबन्ध गरेको हो ।

 अमेरिकी संघीय कानून अनुसार आइतबारबाट टिकटकमाथि प्रतिबन्ध लाग्दै थियो । तर, केही समयअघि टिकटकले सूचना जारी गरेर एप्लिकेशन नचल्ने बनाएको हो ।

‘अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानून लागू गरिएको छ, दुर्भाग्यवश, यसको मतलब तपाईंले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न । हामी भाग्यशाली छौं कि राष्ट्रपति ट्रम्पले पद सम्हालेपछि टिकटक पुनःस्थापना गर्न समाधन गर्न हामीसँग सहकाई गर्ने संकेत गरेका छन् । कृपया अपडेटका लागि पर्खनुस्’, अमेरिकी प्रयोगकर्ताले टिकटक खोल्ने वित्तिकै यो सूचना देखाइएको छ ।

राष्ट्रपतिका रुपमा पदभार ग्रहण गर्नुअघि ट्रम्पले टिकटकलाई थप ९० दिन समय दिनसक्ने बताएका थिए । सोमबारबाट उनले जिम्मेवारी सम्हाल्दैछन् । अमेरिकामा सरकारी कर्मचारीका लागि पहिल्यैदेखि टिकटक प्रतिबन्धित थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको