अर्थ संसार, काठमाडौँ–देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले पेट्रेलियम पदार्थको सोमबार गरिएको मूल्यवृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गर्न सरकारसँग माग गरेको छ ।
मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज विज्ञप्ति जारी गर्दै सरकारले पटकपटक डिजेल, पेट्रोल, खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेर जनताको दैनिक जीवनलाई नराम्रोसँग प्रभावित पार्ने र कष्टकर बनाउने काम गरिरहेको बताउनुभयो ।
गएरातिदेखि लागू गरिएको पेट्रोलियम पदार्थमा थप मूल्यवृद्धिले जनताको दैनिकीलाई झन कष्टकर बनाएको हुँदा मोर्चाले यसको भत्र्सना गर्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस