Like us!
Follow us!
Connect us!
Watch us!

केटिएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, ०८ माघ २०८१, १२ : ४३ मा प्रकाशित

केटिएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने

केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव राखेर माघ २९ गते वार्षिक साधारणसभा बोलाएको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा आव्हान गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीकै रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजदेखि बस्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफ गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको