Like us!
Follow us!
Connect us!
Watch us!

सिलवालविरुद्ध पक्राउ पुर्जी

बुधबार, १९ पुस २०७४, ०८ : ३१ मा प्रकाशित

सिलवालविरुद्ध पक्राउ पुर्जी

अर्थ संसार, काठमाडौँ– प्रहरी परिसर काठमाडौँले पूर्वप्रहरी नायब महानिरीक्षक तथा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सरकारी कागज कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरी महानिरीक्षक बन्नका लागि पेश गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते गरेको आरोप सिलवालविरुद्ध लागेको छ । केही दिनअघि सर्वोच्च अदालतले महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनमा कीर्ते कागज पेश गर्नेको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पुस ५ गते कीर्ते प्रकरणबारे मुद्दा दर्ता गरेको थियो । सोही घटनाको अनुसन्धानका लागि सिलवाललाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको