Like us!
Follow us!
Connect us!
Watch us!

नियम मिच्दा यी ३ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?

अर्थ संसार

मंगलबार, ०८ माघ २०८१, १३ : ५७ मा प्रकाशित

नियम मिच्दा यी ३ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?

नेपाल राष्ट्र बैंकले विभिन्न नियामकीय प्रावधान पालना नगरेको भन्दै ३ वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ। 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पहिलोपटक नियामकीय व्यवस्था उल्लंघन गर्ने एनआईसी एसिया बैंक, प्रभु बैंक र हिमालयन बैंकमाथि कारबाही गरिएको जानकारी गराएको हो। तीनवटै बैंकलाई अन्य शीर्षकमा कारबाही गरिएको छ।

राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समिति र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको छ  ।

त्यस्तै , राष्ट्र बैंकले  एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको छ।

केन्द्रीय बैंकले एनआईसी एसिया बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवं सम्बद्घ संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजहरुका, बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दति निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराईएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाईलाई राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिइएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्न तथा नगराउन र राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न गराउन एवं सुधारको कार्ययोजना बनाई लागू गर्न। व्याजदर सम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५ अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन राष्ट्र बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागू गर्न

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको