Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोपावरको वार्षिक साधारण सभा माघ ३० मा हुने

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, ०९ : ५५ मा प्रकाशित

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा माघ ३० गतेका दिन आयोजना गर्ने भएको छ। सभा धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजे सुरू हुनेछ।

सभाको एजेन्डामा आर्थिक वर्ष २०८०/८१ को नाफा-नोक्सान सम्बन्धी हिसाबको छलफल, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति, र पारिश्रमिक निर्धारणका विषयहरू समावेश गरिएका छन्।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, माघ १२ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र आफ्नो अधिकार प्रयोग गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको