Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट, बेच्ने सून्य किन्नेको लर्को

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, ११ : १४ मा प्रकाशित

खानी खोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट, बेच्ने सून्य किन्नेको लर्को

धितोपत्रको दोस्रोबजारमा  करिब १० दिनको कारोबार रोक्का पछि कारोबार खुलेको खानी खोला हाइड्रोपावरको सेयर मूल्यमा कारोबार खुलेको केहि मिनेटमै सकारात्कम सर्किट लागेको छ । 

आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा प्रतिकित्ता २५ रुपैयाँले बढेर २७५ रुपैयाँ पुगेको नेप्सले जनाएको छ । सकारात्कम सर्किटसंगै दोस्रोबजारमा कम्पनीकनो सेयरको माग पनि उच्च देखिएको छ कारोबार प्रारम्भको केहि मिनेटमा नै कम्पनीको करिब ३ लाख कित्ता सेयरको टिएमएसमा देखिएको हो ।

नेपाल स्टक एक्सचेन्जले हिजो जेठ ३० गतेको र्निणय अनुसार खानी खोला हाइड्रोपावर लाई आजबाट दोस्रो बजारमा बारोबार गर्न पाउने गरि कारोबार फुकुवा गरेको थियो  ।                                                                            

कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको भन्ने पत्र प्राप्त भएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू पेश गरेको नपाइएको हुनाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम जेठ २० गते, बिहीबार बाट दोस्रो बजार कारोबार रोक्का गरिएको थियो । 

कम्पनीले जेठ २६ गते लगानीकर्ता र सरोकारवालाहरुले अध्ययन गर्न मिल्ने गरि वित्तिय विवरणहरु अपलोड गरी रोक्का कारोबार फुकुवाका लागि निवेदन दिएको हुँदा अब आगामी दिनमा समयमै अपलोड गर्न सचेत गराउदै धितोपत्र विनियमावली २०७५ को विनियम १६(४) को व्यबस्था बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

60c6ead4b3bda.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको