Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, ११ : २४ मा प्रकाशित

खानी खोला हाइड्रोले एकैचोटी डाक्यो ३ वर्षको साधारण सभा, के-के छन् एजेन्डा ?

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले एकैचोटी ३ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको हिजो मंसिर २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको सातौँ, आठौँ र नवौँ वार्षिक साधारण सभा पौष ३० गते, हुनेछ । 

सभामा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने, आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, पब्लिक तर्फ र सर्वसाधारणतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिको कार्यकालको सम्बन्धमा लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष ३० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61bad36dec05e.jpg 61bad37610652.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको