नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा निजी क्षेत्रको भएको बताएका छन् ।
बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि सरकारको तर्फबाट २० हजार बढीले काम पाउन नसक्ने बताए। थापाले सरकारले रोजगारी सिर्जनाका लागि वातावरण बनाउने उनले बताए। दक्ष जनशक्ति हुन उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उनले सुनाए ।
थापाले भने, ‘काम कहिल्यै पनि सरकारले दिन सक्दैन । काम भनेको जहिले पनि निजी क्षेत्रले दिन्छ,संसार भरी यही हो । सरकारले काम दिन्छु काम दिन्छु भनेको कसैले नपत्याउनुस्।’ ‘एकै दिनको समाचार कस्तो आउँछ हेर्नुस् त। एउटा समाचारले भन्छ, दुई हजार मान्छेले नेपाल छोडेर बाहिर गए भन्छ,अर्को समाचारले भन्छ, आफ्नो उद्योगमा काम गर्ने श्रमिकहरु नपाएर उद्योगीहरु प्रधानमन्त्रीकहाँ गएर डेलिगेशन गएर मैले श्रमिक पाइन भनेको समाचारले भन्छ। अर्को समाचारले के भन्छ, भारतले सबैभन्दा बढी आफ्नो श्रमीकबाट आम्दानी गर्ने टप दश देशमध्ये नेपाल पनि निरन्तर पर्छ भन्छ।’
बजारको मागलाई हेरेर विद्यालयमा पढाउने विषयवस्तु राख्नुपर्ने उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस