नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनसम्म सरकार दायाँबायाँ नहुने बताएका छन् ।
४९ औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले कांग्रेसमाथि चौतर्फी घेराबन्दी रहेको बताए । कांग्रेस कमजोर बनाउन गठबन्धन र साझेदारी बाहिरबाट घेराबन्दी भइरहेको उनले बताए । उनले कांग्रेस विचार र सिद्धान्तमा टिकेको पार्टी भएको दाबी गरे ।
महामन्त्री थापाले कांग्रेस अन्य दलहरूको जस्तो मिसन २०८४ को एजेण्डामा नरहेको बताए । राष्ट्रको समस्या हल गर्ने कांग्रेसको भूमिका रहनुपर्ने उनको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस