नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन् ।
आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले यस्तो माग गरेका हुन् ।
उनले भनेका छन्, 'भष्ट्राचारका कुन कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइसयो। शेरादबार, ललितानिवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौं । निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस् । शक्तिशाली आयोग बनाएरै छानबिन थालौं ।'
बैठकमा बोल्दै बाहलवाला प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सांसदको सबैमाथि छानबिन गर्न पनि थापाले आग्रह गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस