Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले पूर्वराजालाई सुरक्षाबाहेक केही सुविधा दिँदैन भनेर कानून बनाउनुपर्छ- गगन थापा

अर्थ संसार

आइतबार, ०३ चैत्र २०८१, ११ : ४४ मा प्रकाशित

सरकारले पूर्वराजालाई  सुरक्षाबाहेक केही सुविधा दिँदैन भनेर कानून बनाउनुपर्छ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कानून बनाउन खोजेर सरकारले नदुःखेको टाउको दुःखाउन खोजेको टिप्पणी गरेका छन् ।

इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजादेखि राष्ट्रपतिसम्मलाई सुरक्षा दिन्छु, तर सेवा दिन्न भनेर सरकारले कानून बनाउनुपर्ने बताए ।

उनले भने ,'पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कानून अहिले चाहिने विषय नै होइन । कहीँकतैबाट नदुःखेको टाउको दुःखाएको छ । जनतामा अहिले असन्तुष्टि छ । सरकार सम्हाल्ने हामीले नै हो । केही समयअघि अदालतले मन्त्रिपरिषद्बाट निर्णय गरेर जथाभावी पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वराजालाई पनि सेवा सुविधा दिइरहेका छौँ । अदालतको आदेशमा भनिएको छ- यो तिम्रो प्रोपर्टी होइन । सरकार भनेको सार्वभौम जनताको हो ।'

'सरकारमा हुनेहरूलाई मन लागेमा पूर्वराजादेखि राष्ट्रपतिलाई यति पैसा दिन्छु भनेर पाउँदैन । अदालतले कानून बनाऊ भनेर आदेश दिएको छ, तर कानून बनाउँदा सेवा सुविधा दिने होइन, नदिने कानून बनाउनपर्छ । पूर्वराजा, पूर्वराष्ट्रपतिलाई म सुरक्षा दिन्छु, सुरक्षा दिनु राज्यको जिम्मेवारी हो । सुरक्षा जति चाहिन्छ, म दिन्छु, तर सुरक्षाबाहेक केही दिन्न । मैलेमात्रै होइन, कुनै प्रधानमन्त्रीलाई लहड चलेर दिन पाउँदैन भनेर बनाउनुपर्‍यो ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको