Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र विकासका लागि सरकारले जोखिम उठाउनैपर्छ - गगन थापा

अर्थ संसार

आइतबार, २४ चैत्र २०८१, १५ : ४० मा प्रकाशित

अर्थतन्त्र विकासका लागि सरकारले जोखिम उठाउनैपर्छ - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले निजी लागनीकर्ता माझ विश्वास बढाउन सकेको खण्डमा अर्थतन्त्रको विकास हुने बताउँदै यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको आवश्यकता औँल्याए ।

संघीय सांसदसमेत रहेका महामन्त्री थापाले हरेक क्षेत्रमा खुल्ला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुन सक्नेमा जोड दिए । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले शासकीय सुधार र अर्थतन्त्रको सुधारका लागि सरकारको योजनामा निजी क्षेत्र र नागरिकले विश्वास गर्नुपर्ने धारणा राखे ।

नेता थापाले आइटी, सफ्टवेयर, प्रोग्रामिङसँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । उनले मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने भन्दै त्यसका लागि सरकारको नेतृत्वले योजनाबद्ध पहल गर्नुपर्ने बताए । कर प्रणाली सुधार गर्न नीतिगत रूपमा कसरी सम्बोधन गर्न सकिन्छ सोबारे सरोकार भएका निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा उनले जोड र्दिए ।

विदेशमा कमाएको मुद्रा देशभित्र ल्याउन सकिए लगानी भित्रिने सांसद थापाले बताए । सरकारले पछिल्लो पटक बनाएको कानुन त्यसको सुरुआत हुनसक्ने उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको