Like us!
Follow us!
Connect us!
Watch us!

बजार सुनिश्चित छ, जलविद्युतमा ढुक्क भएर लगानी गर्नुस् : ऊर्जा मन्त्री खड्का

अर्थ संसार

सोमबार, १४ माघ २०८१, ११ : ०७ मा प्रकाशित

बजार सुनिश्चित छ, जलविद्युतमा ढुक्क भएर लगानी गर्नुस् : ऊर्जा मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

‘रेमिट हाइड्रो लिमिटेड’ले ताप्लेजुङको धुन्साखोलामा निर्माण गर्न लागेको ७७.५ मेगावाटको धुन्साखोला जलविद्युत् लिमिटेडको वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा मन्त्री खड्काले उत्पादित जलविद्युत्को बजार सुनिश्चित रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । 

मन्त्री खड्काले भने, ‘हामीले सन् २०३५ सम्म आन्तरिक खपत १३ हजार ५ सय मेगावाट र १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा बिक्री गर्ने भनेका छौँ, उत्पादित विद्युतको बजार सुनिश्चित भइसकेकाले यस क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्,’

विद्युत् उत्पादनसँगै प्रसारण लाइन विस्तारको कामलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।

मन्त्री खड्काले निजी क्षेत्रले समेत प्रसारण लाइन निर्माण गर्न सक्नेगरी व्यवस्था मिलाइएकाले अब उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था नआउने उल्लेख गरे । उनले उत्पादित विद्युतको बजार सुनिश्चित रहेको र प्रसारण लाइनको कामसमेत द्रुत गतिमा हुँदै गएकाले यस क्षेत्रमा लगानी सुरक्षित हुँदै गएको बताए ।

जलविद्युत् क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्नका लागि सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विनाधितो सहुलियतदरमा प्रभावित क्षेत्रका विपन्न नागरिकलाई २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म सेयरको व्यवस्था गर्न लागेको मन्त्री खड्काले उल्लेख गरे 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको