Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली - ९ अर्ब ४० करोडको कारोबार हुँदा विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

अर्थ संसार

मंगलबार, १५ माघ २०८१, १५ : १० मा प्रकाशित

सेयर बजारमा हरियाली -  ९ अर्ब ४० करोडको  कारोबार हुँदा विकास बैंक र फाइनान्समा लगानीकर्ताको आकर्षण

सेयर बजार आज भने  हरियाली देखिएको छ । आज बजार  २४.५० अकंले बढेर २६५७.७७ बिन्दुमा बन्द  भएको छ ।

आज बजारमा ९ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । 

यसदिन विकास बैंक र फाइनान्सका सेयरधनीहरुले सबैभन्दा धेरै कमाएका छन्  । आज विकास बैंकको ४.०७ प्रतिशत र फाइनान्स समूहको १.८८ प्रतिशतले सेयरमूल्य बढेको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, जानकी फाइनान् र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।  

आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको