Like us!
Follow us!
Connect us!
Watch us!

१ हजार ३६५ जना नेपालीलाई निष्कासन गर्दै अमेरिका

अर्थ संसार

बुधबार, १६ माघ २०८१, १४ : १२ मा प्रकाशित

१ हजार ३६५ जना नेपालीलाई निष्कासन गर्दै अमेरिका

डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेको एक महिना नबित्दै अमेरिकाबाट १ हजार बढी नेपाली  निष्कासनमा पर्ने भएका छन् । अमेरिकी सरकारले अवैध रुपमा बसिरहेका १ हजार ३६५ नेपाली नागरिकलाई निष्कासन गर्ने भएको हो ।

अमेरिकाले विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना नागरिक निष्कासन गर्न लागेको छ। अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन कार्यालय (आईसीई)ले निष्कासनमा पर्ने विदेशी नागरिकको संख्या सार्वजनिक गरेको हो।

आईसीईले अवैध रुपमा अमेरिका बसोबास गरिरहेका आप्रवासीको सूची गत वर्ष २०२४ नोभेम्बर २४ मा तयार गरेको थियो। ती आप्रवासीलाई पक्राउ भने गरिएको छैन।

अमेरिकाबाट निष्कासन पर्न लागेको विदेशी नागरिकको सूचीमा १ हजार ३६५ जना नेपाली पनि छन्। छिमेकी मुलुक चीनका ३७ हजार ९०८ जना छन् भने भारतका १७ हजार ९४० जना छन्। अमेरिकाबाट निष्कासनमा पर्न लागेका सबै धेरै नागरिक होन्डुरसका छन्। होन्डुरसका २ लाख ६१ हजार ६५१ जना निष्कासनमा पर्दैछन्।

त्यस्तै ग्वाटेमालाका २ लाख ५३ हजार ४१३ जना, मेक्सिकोका २ लाख ५२ हजार ४४ जना र ईआई साल्भाडोरका २ लाख ३ हजार ८२२ जना नागरिक अमेरिकाले निष्कासनको सूचीमा राखेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको