अमेरिकाको वासिङटन डिसी नजिकै बुधबार राति एक अमेरिकी एयरलाइन्सको क्षेत्रीय जेट विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आपसमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
अमेरिकन ईगल फ्लाइट ५३४२ जो कान्सासबाट वासिङटन डिसीको लागि उडिरहेको थियो । ६० जना यात्रु र ४ जना चालक दलका सदस्य उडिरहेको बेला सेनाको हेलिकप्टरसँग ठोक्किएको द इकोनोमिक्स टाइम्सले जनाएको छ ।
हेलिकप्टरसँग ठोकिएपछि विमान र हेलि पोटोम्याक नदीमा खसेको थियो । रीगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्समा लेखे अनुसार दुर्घटनापछि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस