प्रधानमन्त्री केपी शर्मा ओलीले मौरीको संगत गर्न युवाहरूलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई यस्तो आग्रह गरेका हुन् ।
ओलीले भने, ‘मैले भन्ने गरेको छु मौरीको साथ लाएर हिँड्यो भने फूलबारीमा पुगिन्छ, झिंगाको साथ लाएर उड्यो भने त्यसले फोहोरको डंगुरमा पुर्याउँछ । त्यसकारण फोहोरको डंगुरमा झिंगाको साथ लाएर जान हुँदैन । पहिले हामीले छुट्याउनुपर्छ, मह जम्मा गर्ने कि किटाणु जम्मा गर्ने भनेर ।’
प्रधानमन्त्री ओलीले जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्ने बताए ।
‘अहिले म पनि हरेक काम गर्दा ठिक काम त गरिरहेको छ कि छैन भनेर टेस्ट गरिराको हुन्छ । यदी ठिक छैन भने तुरुन्तै छाडिदिन्छु,’ ‘यो मैले ठिक काम गरिरहेको जस्तो लाग्दैन भने छाडिदिनुस् । ठिक छ भने निरन्तरता दिनुस् । अहिले मैले यो काम गर्न हुन्छ कि हुँदैन भनेर छुट्याउनुस् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस