Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा गिरावट - नेप्से १४ अंकले घट्दा ८ अर्ब ९१ करोडको कारोबार

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा गिरावट - नेप्से १४ अंकले घट्दा ८ अर्ब ९१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अकंले घटेर २७१५.९१ बिन्दुमा बन्द भएको छ । आज ३ ८ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ ।

यसदिन ११ वटा उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५७ प्रतिशत, विकास बैंक समूहको २.६० प्रतिशत, फाइनान्स समूहको १.७० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

आज ७१ कम्पनीको सेयरमूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी ३ कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको