नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले घटेर २७११.४५ बिन्दुमा बन्द भएको छ । आज बजारमा ८ अर्ब ९५ करोडको सेयर कारोबार भएको हो ।
समग्र बजार घटे पनि फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । आज सो सेक्टर ५.६७ प्रतिशत बढ्यो ।
यस्तै,बैंकिङ समूहको ०.२६ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशतले सेयरमूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोेका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सामुदाण्यिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस