लगातार तेस्रो दिन आज समेत सेयर बजार ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अकंले घटेर २६९९.८१ बिन्दुमा बन्द भएको छ । आज बजारमा ९ अर्ब २४ करोडको सेयर कारोबार भएको छ ।
यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज फाइनान्स समूहको १.५८ प्रतिशतले सेयरमूल्य बढेको छ ।
विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घटेको छ ।
बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे ।
आज सबैभन्दा धेरै साहस उर्जाको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्सका लगानकिर्ताले ६.५१ प्रतिशतका दरले कमाएका हुन् ।आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस