Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा महिला खेलकुदमा तेस्रोलिङ्गी प्रतिबन्ध

अर्थ संसार

शुक्रबार, २५ माघ २०८१, २० : ३० मा प्रकाशित

अमेरिकामा महिला खेलकुदमा तेस्रोलिङ्गी प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला खेलकुदमा तेस्रो लिङ्गीलाई प्रवेशमा रोक लगाएका छन् । उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

डोनाल्ड ट्रम्पले ताली बजाउँदै भने, ‘हामी महिला खेलाडीहरूको गौरवपूर्ण परम्पराको रक्षा गर्नेछौं र हामी पुरुषहरूलाई हाम्रा महिला र केटीहरूलाई पिट्न, चोट पुर्याउन र धोका दिन दिने छैनौं।’ अबदेखि महिला खेलकुद महिलाका लागि मात्र हुनेछ ।

यसअघि पनि डोनाल्ड ट्रम्प सत्तामा फर्कने बित्तिकै उनले ट्रान्सजेन्डरहरू विरुद्ध अवश्य कारबाही गर्ने स्पष्ट पारेका थिए। यो आदेशमा हस्ताक्षर गरे पछि डोनाल्ड ट्रम्पले अब महिला खेलकुदमा ट्रान्सजेन्डर नहुने बताएका छन् । उनले भने, ‘यो झगडा अब पूर्ण रूपमा समाप्त भयो भनेर विचार गर्नुहोस्।’ 

अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा दर्जनौं बालबालिका र महिला खेलाडीको बीचमा हुँदा यी कुरा भनेका हुन् । यस अवसरमा डोनाल्ड ट्रम्पले भने, ‘महिला एथलीटहरूको गौरवपूर्ण परम्पराको रक्षा गर्नेछौं, र हामी पुरुषहरूलाई हाम्रा महिला र हाम्रा केटीहरूलाई पिट्न, चोट पुर्याउन र धोका दिने अनुमति दिँदैनौं। अबदेखि महिला खेलकुद महिलाका लागि मात्र हुनेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको