Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाविरुद्ध फैलाइँदै गरेको भ्रामक प्रचारप्रति नेपाल मुद्रा विप्रेषक संघको आपत्ति

अर्थ संसार

शुक्रबार, २५ माघ २०८१, २१ : २१ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाविरुद्ध फैलाइँदै गरेको भ्रामक प्रचारप्रति नेपाल मुद्रा विप्रेषक संघको आपत्ति

नेपाल मुद्रा विप्रेषक संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध फैलाइँदै आएको भ्रामक प्रचार र अराजक गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै सरकार र सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ। संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिहरूले आम सर्वसाधारणलाई भ्रमित पार्नुका साथै समग्र वित्तीय स्थायित्वमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएको छ।

संघका अनुसार पछिल्लो समय केही व्यक्तिहरू र समूहहरूले सामाजिक सञ्जाल र अन्य सार्वजनिक मञ्चहरूमा बैंक तथा वित्तीय संस्थाबारे गलत सूचना फैलाइरहेका छन्। यस्ता अफवाहहरूले वित्तीय प्रणालीमा अस्थिरता ल्याउन सक्छ र सर्वसाधारणको विश्वासलाई कमजोर बनाउन सक्छ। यसप्रकारका प्रचारलाई तत्काल रोक्न सरकार र नियामक निकायलाई ध्यानाकर्षण गराउँदै संघले कडा निगरानी र कानुनी कारबाहीको माग गरेको छ।

संघले नेपाल राष्ट्र बैंक तथा सम्बन्धित वित्तीय संस्थाहरूको आधिकारिक निर्देशनअनुसार काम गरिरहेको उल्लेख गर्दै आम सर्वसाधारणलाई सामाजिक सञ्जाल र अन्य अनधिकृत स्रोतहरूमा आएको भ्रामक प्रचारप्रति सचेत रहन अनुरोध गरेको छ। साथै, संघले नागरिकलाई केवल आधिकारिक स्रोतबाट आएको सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ।

संघले बैंकिङ प्रणालीको स्थायित्व सुनिश्चित गर्न नेपाल राष्ट्र बैंक र अन्य वित्तीय संस्थाहरूलाई एकीकृत रणनीति अवलम्बन गर्न सुझाव दिएको छ। भ्रामक प्रचार गर्ने व्यक्तिहरू र संस्थाहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि सरकारलाई ध्यानाकर्षण गराइएको छ।

नेपाल मुद्रा विप्रेषक संघ नेपाल राष्ट्र बैंकबाट स्वीकृत रेमिट्यान्स कम्पनी र वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने छाता संगठन हो। २०६१ सालमा स्थापित यस संघले रेमिट्यान्स उद्योग प्रवर्द्धन, वित्तीय पहुँच विस्तार, प्रविधि नवप्रवर्तन, गरिबी निवारण, र समावेशी आर्थिक नीतिहरूको वकालत गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको