Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको दोस्रो त्रैमास - बढ्यो नाफा, जीवन बीमाकोष १२ अर्ब नजिक

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १० : २८ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको दोस्रो त्रैमास -  बढ्यो नाफा, जीवन बीमाकोष १२ अर्ब नजिक

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा बढेको छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३.४९ प्रतिशतले बढेको देखिन्छ ।

कम्पनीले चालू आवमा १८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा थियो ।

चालू आवमा कम्पनीको कुल आम्दानीसँगै खुद बीमाशुल्क आर्जन बढेका कारण नाफा बढेको हो।

यो अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ९७ करोड रुपैयाँ  पुगेको छ। गत आवमा कुल आम्दानी २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । त्यस्तै, यो अवधिमा खुद बीमाशूल्क आर्जन २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। गत आवमा कम्पनीको  खुद बीमाशूल्क आर्जन १ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी कम्पनीको जीवन बीमाकोष पनि गत आवको पुस मसान्तसम्म ८ अर्ब १८ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा  ४५.२५ प्रतिशतले बढी हो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीको सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड ९७ लाख रुपैयाँ सञ्चित रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको