साताको पहिलो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.४९ अकंले घटेर २६८८.३१ बिन्दुमा बन्द भएको छ । आज बजारमा ८ अर्ब ३९ करोडको सेयर कारोबार भएको छ ।
यसदिन ९ समूहको सेयर राताम्य भएको छ । आइतबार बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको १.३५ प्रतिशत, होटल तथा पर्यटन समहको ०.२४ प्रतिशतले सेयरमूल्य घटेको छ।
यस दिन दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। गार्डियन माइक्रो लाइफको सेयर आजकै दिनदेखि दोस्रो बजारमा कारोबारमा आएको हो।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस