Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्तलाई एफपीओ निष्कासनका लागि बोर्डको स्वीकृति

अर्थ संसार

आइतबार, २७ माघ २०८१, २० : ०३ मा प्रकाशित

स्वरोजगार लघुवित्तलाई एफपीओ निष्कासनका लागि बोर्डको स्वीकृति

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ (Further Public Offering) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।

संस्थाले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री गर्न स्वीकृति पाएको हो।

नेपाल धितोपत्र बोर्डले माघ २७ गते संस्थालाई एफपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो। यस प्रक्रिया अन्तर्गत सर्वसाधारण लगानीकर्ताले तोकिएको मूल्यमा सेयर खरिद गर्न सक्नेछन्। एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटलले सम्हाल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको