राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले कानुनको पालना नगरेको र राजनीतिक दलमाथि आफ्नो विश्वास टुटिसकेको पनि बताए ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘यो राज्य संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो । यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानुन बनाएर अघि बढ्न म आग्रह गर्छु,’ ।
हरेक वर्ष अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण उठिबास लगाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।
परियारले भने,‘हाम्रा सबै प्रयत्नबाट संविधान निर्माण गर्यौं । तर, आज हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेबापत मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने ? राज्यका संयन्त्रहरू दलितका अधिकार कुल्चिन प्रयोग हुनुपर्ने ?'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस