Like us!
Follow us!
Connect us!
Watch us!

पार्टीका सांसद् श्रेष्ठको घुस प्रकरणबारे बोले रास्वपाका प्रमुख सचेतक परियार

अर्थ संसार

सोमबार, २७ चैत्र २०७९, १४ : ४० मा प्रकाशित

पार्टीका सांसद् श्रेष्ठको घुस प्रकरणबारे बोले रास्वपाका प्रमुख सचेतक परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठ घुस प्रकरण नेपालको राजनितिमा नौलो घटना नभएको बताएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले यो सम्वन्धमा संसद्लाई जानकारी गराँउदै पार्टीको तर्फबाट गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । उनले उक्त घटनाको बारेमा सत्य तथ्य छानविन नहुन्जेल सम्म श्रेष्ठलाई निलम्वन गरिएको र छिट्टै सत्य तथ्य बाहिर आउने बताए ।

सांसद परियारले दोषी देखिए हदैसम्मको कारवाही गर्ने उल्लेख गर्दै यस घटनाले संसदको सम्मानप्रति परेको चोटप्रति  क्षमा पनि मागेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको