Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ‌ओरालो यात्रामा ब्रेक - ७ अर्ब २४ करोडको कारोबार हुँदा परिसूचक २६८३ बिन्दुमा

अर्थ संसार

मंगलबार, २९ माघ २०८१, १५ : ०१ मा प्रकाशित

सेयर बजारको ‌ओरालो यात्रामा ब्रेक - ७ अर्ब २४ करोडको कारोबार हुँदा परिसूचक २६८३ बिन्दुमा

लगातार पाँच दिनको ओरालो लागेको सेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । 

आज नेप्से ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा बन्द भएको छ । आज  बजारमा ७ अर्ब २४ करोडको कारोबार भएको हो ।

यसदिन पाँच वटा उपसूचकमा हरियाली आएको छ भने ८ उपसूचक राताम्य भएका छन् । मंगलबार १३४ कम्पनीको सेयर मूल्य बढ्दा ९८ कम्पनीको घटेको छ ।

आज सीएचडीसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको