नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताएका छन् ।
प्रेस सेन्टर ताप्लेजुङद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
श्रेष्ठले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि संगठन बलियो बनाउन लागेको स्पष्ट पारे । उनले भने, 'पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस