Like us!
Follow us!
Connect us!
Watch us!
सार्वजनिक यातायात तत्काल खुल्ने

यातायात मजदुरको आन्दोलन स्थगित

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १० : ४९ मा प्रकाशित

यातायात मजदुरको आन्दोलन स्थगित

यातायात मजदुर र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ। आज (मंगलबार) सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित गर्न व्यवसायी र यातायात मजदुर राजी भएका हुन् । 

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो । 

मजदुरले आन्दोलन फिर्ता लिएसँगै सार्वजनिक यातायात तत्काल खुल्ने भएका छन् । आजको उपत्यकाको सार्वजनिक सवारीको बन्द फिर्तासँगै भोलिदेखि आह्वान भएको देशव्यापी आन्दोलन समेत फिर्ता भएको जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको