Like us!
Follow us!
Connect us!
Watch us!

इम्बोस्ड नम्बर अहिले अङ्ग्रेजीमा छ, यसलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाइसक्योः उपप्रधानमन्त्री श्रेष्ठ

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, १५ : ४५ मा प्रकाशित

इम्बोस्ड नम्बर अहिले अङ्ग्रेजीमा छ, यसलाई नेपालीमा राख्ने कार्ययोजना अघि बढाइसक्योः उपप्रधानमन्त्री श्रेष्ठ

सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उक्त जानकारी गराएका हुन् । 

आज (सोमबार) मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत निर्देशनमा याे कामलाई सुरु गरिएको पनि स्पष्ट पारे  । उनले नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले त्याे कामलाई अघि बढाउने गरी कार्ययोजना बनाउनुपरेको स्पष्टीकरणसमेत दिए  । 

उनले भने, ‘सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यसबारेमा प्रक्रिया अघि बढेको पनि हो । अहिले अङ्ग्रेजीमा छ । तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्रीसमेतको परामर्श र निर्देशनमा इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्ययोजना अगाडि बढाएको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले याे कामलाई अघि बढाउन सम्बन्धित एजेन्सीसँग छलफल गरिएको र अब सरकारले यो कामलाई तीव्रता दिने पनि बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको